२०८२ जेठ ३१ शुक्रबार

राशिफल

अपर तामाकोसीले १० अर्ब ५९ करोडको हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं : राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बिहीबार असार ३० गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकले यो प्रस्ताव स्वीकृतीका लागि १४औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णयसमेत गरेको छ ।

हाल अपर तामाकोसीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ ।

हकप्रद सेयरपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।