वीरगञ्ज : जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहितका केही नेतालाई पार्टीबाट निष्काशन गरेका अध्यक्ष उपेन्द्र यादवले रुखबाट एक दुईवटा बोक्रा झर्दैमा रुख नलड्ने बताएका छन् ।
वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको उत्तर दिँदै यादवले भने, ‘कुनै रुखमा एक दुईवटा बोक्रा झर्दैमा रुख त लड्दैन नि, एकदुई जना चोइटिएर जाँदैमा केहि अर्थ राख्दैन । वीरगञ्जमा के अर्थ राख्छ र ?’
उनले डा. भट्टराई लगायत नेतामाथि विधानको प्रक्रिया अनुसार कारबाही अघि बढ्ने जानकारी दिए ।
‘उहाँले डाक्टर बाबुराम भट्टराई पार्टी विभाजन गर्नेगरि जुन षडयन्त्र गर्नुभयो । पार्टीको विधान अनुशासन, राजनीतिक संस्कृति र पार्टी हित विपरीत कार्य गरेको ठहर गर्दै सम्पूर्ण पद र जिम्मेवारीबाट मुक्त गरिएको छ ।
अरु कुरा उहाँको गतिविधि र विधानको व्यवस्था अनुसार अघि बढ्छ,’ यादवले भने, ‘सच्चिनुभयो भने बेग्लै कुरा हो, त्यहि दिशामा अघि बढेर अर्को पार्टी खोल्न लागिसक्नुभयो, अर्को पार्टी खोल्नुभयो भने त कति वटा पार्टीमा सदस्य रहनुहुन्छ त उहाँ ?’
बाबुराम भट्टराईले पार्टी जातीय र क्षेत्रीय भयो भनेर गलत भ्रम छरेको अरोप उनले लगाए ।
तपाइँको प्रतिक्रीया