२०८२ असार १२ बिहीबार

राशिफल

उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

काठमाडौं : प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी ग्यालरीमा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् ।

‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्प्रर्धामा छन् ।