काठमाडौं : जुम्लाको पातारासी गाउँपालिकास्थित रुखबाट चिप्लिएर जवा नदीमा खसेका एक बालक बेपत्ता भएका छन् ।
पातारासी ५ डोलकाटीका ८ वर्षीय शिव बुढा नदीमा बेपत्ता भएका हुन् ।
बुढा पातारासी ३ लाम्री गाउँ नजिकै जवा नदी किनारमा रुखबाट चिप्लिएका थिए ।
साथीहरूसँग रुख चढ्ने र झर्ने गरिरहेका उनी एक्कासी चिप्लिएर नदीमा खसेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया