२०८२ असार १५ आइतबार

राशिफल

काठमाडौं महानगरले अब कक्षा ८ सम्म दिवा खाजा दिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने भएको छ ।

महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने जानकारी दिएका छन् ।

बाल कक्षादेखि ५ कक्षासम्म दिँदै आएको दिवा खाजा केन्द्र सरकारले कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएर कक्षा ६ सम्म विस्तार गरेको छ ।

तर, काठमाडौं महानगरपालिकाले भने आगामी आर्थिक वर्षदेखि नै कक्षा ८ सम्म खाजा विस्तार गर्ने निर्णय गरेको छ ।