काठमाडौं : कञ्चनपुरमा सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ परेका छन् । हिजो शुक्रबार जिल्लाको पुनर्वासमा सशस्त्र प्रहरी जवानसहित ४ युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पुनर्वास ९ ख गाउँ बस्ने सुशील विष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र विओपी बीचफाँटामा कार्यरत सशस्त्रका जवान यम प्रसाद जैसी रहेका छन् ।
उनीहरूले यहीँ असार २३ गते राति एक २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप छ। पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सुशील र ती युवतीको प्रेम सम्बन्ध पनि रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।
तपाइँको प्रतिक्रीया