काठमाडौं : दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलित भएका छन्।
कर्मचारीहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन्।
गुराँस गाउँपालिका वडा नम्बर–१ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित ३ जना घाइते भएका हुन्।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरीलाई ढुङ्गा हानेपछि गोली चलाउनुपरेको बताएको छ।
गुराँस गाउँपालिकाले सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, र बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने निर्णय गरेको थियो।
तपाइँको प्रतिक्रीया