काठमाडौं : स्कटल्याण्डमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि स्कटल्याण्डको क्याम्बुसडून नयाँ मैदानमा हुँदैछ ।
त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली स्कटल्याण्डमाथि ५ विकेटको ऐतिहासिक जित हासिल गर्यो ।
नामिबियाविरुद्ध ओडीआईमा पहिलो पटक पराजित भएको नेपालले स्कटल्याण्डविरुद्ध भने ओडीआईमा पहिलो जित निकाल्यो ।
एकरुपको प्रदर्शन गर्न नसकेको नेपालले नामिबयाविरुद्ध बदला लिने रणनीतिमा हुनेछ । तर त्यसका लागि नेपालले ब्याटिङमा सुधार गर्नुपर्नेछ । पहिलो खेलमा नामिबियाविरुद्ध २२१ रनको लक्ष्य पछ्याउँदा नेपाल १८० रनमा अलआउट भएको थियो ।
त्यसपछि दोस्रो खेलमा भने नपालले स्कटल्याण्डलाई १४४ रनमै अलआउट गरेको थियो ।
तपाइँको प्रतिक्रीया