२०८२ असार १५ आइतबार

राशिफल

भरतपुर विद्युत् कार्यालयभित्रै कुटिए पत्रकार

काठमाडौं :  भरतपुरबाट सञ्चालन हुने नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि भरतपुर विद्युत् कार्यालयमा कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखाले दोषीलाई कारबाही गर्न माग गरेको छ ।

विद्युत् कार्यालयभित्र मदिरासहितको भोज भएको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि गएका बेलामा आफूमाथि कुटपिट भएको आचार्यलेको भनाई छ । कार्यालयको मुख्य गेट बन्द गरेर आचार्यमाथि कुटपिट देखि मोबाइल फोन समेत कार्यालयका कर्मचारीले कब्जा गरेको आचार्यको भनाइ छ ।

महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले शनिबार जारी गरेको विज्ञप्तिमा समाचार संकलनका लागि गएका बेलामा पत्रकारमाथि भएको कुटपिटमा संलग्न सबै दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउन माग गरिएको छ ।