२०८२ असार १५ आइतबार

राशिफल

जसपाका नेताहरूले किन धमाधम पार्टी छाड्दैछन् त ?

काठमाडौं : जसपा भित्र विवाद गहिरिँदै जाँदा नेताहरूले धमाधम पार्टी छाड्न थालेका छन् ।

वीरगञ्जमा बसेको जसपा उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झन् गहिरिएको हो ।

योसँगै जिल्ला तथा केन्द्रका नेताहरू पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् ।

पार्टीकी कार्यकारिणी सदस्य रेणु यादवले वीरगञ्जबाट आफ्नो सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी । उनी यसअघि पार्टीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिइन् ।

उनलाई हटाएर कार्यकारिणी सदस्य इस्तियाक राइलाई मन्त्री बनाइएको छ ।

उनले सरकारबाट मन्त्री फिर्ता बोलाउँदा चारैजना मन्त्रीलाई फिर्ता बोलाउनु पर्नेमा तीन जनालाई मात्र फिर्ता बोलाएर राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा प्रशासन मन्त्रालयमा यथावत् राखिएको प्रति असन्तुष्टि जनाएकी थिइन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले नेतृ रेणु यादव केही समयका लागि आक्रोशित भएर पदबाट राजीनामा दिएको र रिस शान्त भएपछि पुनः पार्टीमा फिर्ता हुने दाबी गरेका छन् ।