२०८२ असार १५ आइतबार

राशिफल

पिकनिक खान गएका १ जनाको नदीमा डुबेर मृत्यु

काठमाडौं : धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक खान गएका एक जनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता पारस यादवको मृत्यु भएको हो ।

गत शुक्रबार धनुषा जिल्ला क्षिरेश्वर–५ बाट परिवारसहित पिकनिक खान गएका यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएको र खोजबिन गर्दा उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको थियो ।