२०८२ असार १५ आइतबार

राशिफल

नेपाललाई श्रीलंका हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई श्रीलंका हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् ।

सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलंका हुनबाट जोगिने उनको भनाइ थियो।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा कोइरालाले भने, ‘हाम्रा नेतृत्वहरू अहिले पनि के नेपाल श्रीलंका जस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ ।

यति गर्न हामी श्रीलंका बन्दैनौँ ।’ देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेको छ तर नेतृत्वहरूले बुझेर पनि बुझ पचाएका टिप्पणी उनले गरे ।

‘नेपाल श्रीलङ्का बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ’, नेता डा. काइरालाले भने, ‘सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।’

भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा। डा कृष्णप्रसाद पौडेलले लेखेको ‘लय छुटेको समय’ पुस्तक विमोचन गर्दै उनले आगामी निर्वाचनमा कांग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिए ।