धनुषा : धनुषाको धनौजी गाउँपालिका -५ बहुअर्वा चोकबाट ३ सय ६२ ग्राम ३७ मिलीग्राम तौल भएको चाँदीको जस्तो देखिने १० थान पायल सहित २ जनालाई प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जनकपुर उपमहानगरपालिका-२० रुपैठा बस्ने २४ वर्षीय पङ्कज र भारत घर भएका २३ वर्षीय कमलेश कुमार साह रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ज.७ प २७५६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेबडिया सिर्सियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पायलसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद पायल सहित आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।
तपाइँको प्रतिक्रीया