२०८२ असार ४ बुधबार

राशिफल

२० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

धनगढी : कञ्चनपुरमा प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–९ को ख गाउँका सुशील विष्ट, पृथ्वी भाट क्षेत्री, लक्ष्मण सुनार र बीओपी बीचफाँटामा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

उनीहरुमाथि गत २३ असारमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ ।

युवतीसँग प्रेम सम्बन्धमा रहेका भनिएका सुशील विष्टले ललाई फकाई मोटरसाइकलमा राखेर उखुबारीमा लगेको त्यहाँ अन्य तीन जनाले समेत बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।