२०८२ असार १५ आइतबार

राशिफल

चुच्चे नक्सा छापेपनि, दिग्गज हौं भन्ने नेताले, भूभाग मेरो हो भन्न सक्दैँनन् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले जति भौगोलिक अखण्डता, स्वाधिनता, सार्वभौम सत्ताको अपमान अरु कुनै सरकारले नगरेको बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष अ‍ेलीले यो सरकारले सार्वभौम सत्ता अपमान गरेका प्रमाणहरु प्रशस्त रहेको बताएका हुन् ।

उनले भने, ‘दिग्गज हौं भन्ने नेताले भूभाग छोडे। भौगोलिक अखण्डता भनिरहने तर अखण्डताको कुरा नगर्ने काम भयो। चुच्चे नक्सा छापेपछि सौदावाजी हुन्छ। अपवित्र साँठगाँठ हुन्छ भन्ने मलाई थाह थियो। ६० वर्षदेखि हाम्रो भूभागमा भारतीय फौज छ।’

राष्ट्रियताका निम्ति कोही लड्यो भने त्योसँग सौदावाजी गर्ने काम हुने गरेको ओलीको आरोप छ । भारततर्फ संकेत गर्दै अध्यक्ष ओलीले भने, ‘उत्तरतिरबाट बाटो खोलेवापत मैले सरकार छोड्नुपरेको थियो।

मेरो मनमा देश, नेपाल, स्वाधिनता बाहेक अरु केही छैन । राष्ट्रिय हितबाहेक चीनको भूमि मेरो हो भनेर दाबी गरेर जान सक्छौं होला र ? हाम्रो चिन्ता हाम्रो भूमि हो भन्ने हिम्मत चाही गर्नुपर्‍यो। जसले नियन्त्रणमा लिएको छ फिर्ता गर्नुपर्‍यो।’