२०८२ असार १५ आइतबार

राशिफल

बसौँबसौँ लाग्ने र प्राकृतिक सौन्दर्यता हुने गरी काम गर्छु : मुख्यमन्त्री

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कपिलवस्तुको जगदीशपुर तालले नागरिकको जीवनशैली बदल्ने बताएका छन् ।

आज आयोजित ‘बर्ड स्याङ्चुरी’ घोषणा कार्यक्रममा उनले जगदीशपुरमा पाहुना चरासँगै मानिसलाई पनि ल्याउनुपर्ने र यहाँका नागरिकको जीवनमा परिवर्तन आउने बताए ।

मुख्यमन्त्री केसीले पाहुना चरालाई बासस्थानसँगै चरालाई यहाँ बसौँबसौँ लाग्ने र प्राकृतिक सौन्दर्यता हुने गरी काम गर्नुपर्ने बताए ।

उनले विसं २०२८ मा स्थानीय नागरिकहरूको सिँचाइका लागि निर्माण गरेको तालमा अहिले विश्वव्यापीरूपमा रहेका चराको बासस्थान बन्न सफल भएको स्मरण गरे ।

मुख्यमन्त्री केसीले प्रदेशले बर्ड स्याङ्चुरीको कार्यविधि निर्माण गरिएकाले अब निरन्तर तालको विकास गर्ने बताए ।

उनले ताललाई जीवनशैलीसँग जोडेर यहाँका नागरिक आत्मनिर्भर बन्न सक्ने जिकिर गरे ।