२०८२ असार ४ बुधबार

राशिफल

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, किन निगमले मूल्य घटाउँदैँन ?

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ ।

इण्डियन आयल कर्पोरेशन आईओसी ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।

नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि नयाँ मूल्यसूची घटेर आएको हो ।

यद्यपि, तत्काल नेपालमा पेट्रोलियम पदार्थको बिक्री मूल्य भने नघट्ने निगमले जनाएको छ ।