२०८२ असार १६ सोमबार

राशिफल

२ वर्षपछि मेलम्ची सुरुङ फुट्दा मृत्यु भएका २ परिवार राहत

काठमाडौं : मेलम्ची सुरुङमा परेर मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहात उपलब्ध गराएको छ ।

२०७७ असारमा मेलम्चीमा सुरुङ परेर मृत्यु भएका इन्जिनिय सतिसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।

३१ असारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा १७ नम्बर गेट फुट्दा गोइत र थापा बेपत्ता भएका थिए ।

सो घटनाको केही दिनपछि थापाको शव मेलम्ची नगरपालिका ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो भने जनकपुरका इन्जिनियर गोइतको शव बाहुने पाटीमा भेटिएको थियो ।