काठमाडौं : आर्थिक वर्ष २०७९ र ८० को पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । काराबोर अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो ।
आज नेप्से १.९३ अंक ०.१० प्रतिशत ले बढेर २०११.३९ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित व्यापार, उत्पादनमुलक, जीवन बीमा र लगानी उपसूचकमा वृद्धि भएको छ । लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशत, उतपादनमुलक उपसूचक ०.८६ प्रतिशत र बैंकिङ उपसूचक ०.६३ प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेमा समान्य वृद्धि हुँदा कारोबार रकम १ अर्बमा झरेको छ । शुक्रबार २ घण्टा मात्रै कारोबार भएको बजारमा १ अर्ब ४५ करोडको सेयर किनबेच हुँदा आइतबार कारोबार रकम त्यति पनि पुग्ने सकेन ।
३० लाख ४५ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको ६ करोड ५ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाखको कारोबार भएको छ ।
तपाइँको प्रतिक्रीया