२०८२ असार १६ सोमबार

राशिफल

स्वदेशमा मेडिकल शिक्षाको प्रवद्र्धन गर्न अत्यावश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई सहज हुने स्थानमा स्वास्थ्य सेवाको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताएकी हुन् ।

आइतबार काठमाडौंमा आयोजित चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षाअनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवद्र्धन गर्न अत्यावश्यक रहेको पनि बताइन् ।