काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारत भ्रमण फलादायी भएको बताएको छ ।
तीन दिने भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने क्रममा जारी प्रेस नोटमा प्रचण्ड सचिवालयले पार्टी टू पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको र दुई देशबीचको सम्बन्ध सुदृढ गर्न फलादायी बनेको उल्लेख गरेको छ ।
‘भाजपा अध्यक्ष जेपी नड्डा ज्युको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापुर्वक सम्पन्न भएको छ,’ प्रेस नोटमा उल्लेख छ, ‘पार्टी टू पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण सम्बन्ध विकासका लागि महत्वपूर्ण रहेको छ भने दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ ।’
तपाइँको प्रतिक्रीया