बुटवल : लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयको नाम हेरफेर गरेको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय नामाकरण गरेको छ ।
यस्तै कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य मन्त्रालय मात्र बनाइएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले बताए ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक वर्ष २०७९÷८० मा दुई जना हलुका सवारी चालकको अस्थायी दरवन्दी स्वीकृत गरेको छ ।
बैठकले प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र जगदिशपुर बर्ड स्याङचुरी कार्ययोजना व्यवस्थापन योजना स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद बैठकले प्रदेशको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा प्रशासन सेवाका प्रथम श्रेणीका कर्मचारी रहने गरी दरबन्दी कायम गर्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रीया