२०८२ असार १६ सोमबार

राशिफल

अधिकृतको कार्यकक्षमा एमाले जनप्रतिनिधिले गरे तालाबन्दी

बुटवल : तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पक्षधरता देखाएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गराउन भूमिका खेलेको भन्दै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।

तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेस्रो र चौथो बैठकमा ज्ञवालीले नेपाली कांग्रेसतर्फ पक्षधरता देखाएकाले तालाबन्दी गरिएको उपप्रमुख चौधरीले बताइन् । नगरसभा बैठकमा उपस्थित भएका नगरसभा सदस्यलाई षड्यन्त्रपूर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गराएको चौधरीले बताइन् ।