काठमाडौं : भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा सकिन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।
आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ ।
राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाको तर्फबाट द्रौपदी मुर्मु र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन्।
तपाइँको प्रतिक्रीया