२०८२ असार १६ सोमबार

राशिफल

काठमाण्डौ महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरलाई नियुक्त

काठमाण्डौ  : काठमाण्डौ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ ।

उहाँ महानगरको सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ । महानगरका मेयर बालेन्द्र साह बालेनको अध्यक्षतामा हिजो बसेको छैटौँ कार्यपालिका बैठकले यो निर्णय गरेको हो ।

साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न महानगरसँग भगिनी सम्बन्ध भएका नगरबाट मेयर तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न महानगरले छवटा देशका १३ नगरबाट मेयर, उपमेयर तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना मेयर, उपमेयरसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ ।