काठमाडौं : सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ लाटीकोइलीमा भाडामा बस्दै आएका कालिकोटको महावैका २४ बर्षीया दीपेन्द्र सिंह रहेका छन् । वीरेन्द्रनगर–१० को नयाँगाउँ टोलमा संकास्पद रुपमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो । उनलाई सोधपुछ गरेर खानतलासी गर्दा ५२० मिलिग्राम लागु औषध फेला परेको प्रहरी जानकारी दिए ।
उनलाई नियन्त्रणका लिएर अहिले थप अनुसन्धान भइरहेको कार्कीले बताए ।
तपाइँको प्रतिक्रीया