२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एफ.डिको प्रवन्धकमा निर्माता छविराज ओझा नियुक्त

काठमाडौं  :  फिल्म डिष्ट्रिब्युटर कम्पनी एफ.डिको प्रवन्धकमा निर्माता छविराज ओझा नियुक्त भएका छन ।

हिजो एक कार्यक्रमको आयोजना गरि ओझालाई संस्थाको प्रवन्धकमा नियुक्त गरिएको हो । काठमाडौंको नयाँवानेश्वर बुद्धनगरमा अवस्थित उक्त कम्पनीमा यस अघि सुशिल पोखरेल रहेका थिए । संस्थामा अर्याल पछि अहिले ओझा प्रवन्धकमा नियुक्त भएका हुन । विगत लामो समयदेखि फिल्म डिष्ट्रिब्युटरको रुपमा काम गर्दै आएको यस संस्थामा सुशिल पोखरेल, नरेन्द्र महर्जन, कपिल दावा लगायत अन्यको लगानी रहेको छ ।

निर्माता ओझाले विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा फिल्म निर्माताको रुपमा काम गरिरहेका छन । ओझाद्धारा निर्मित प्राय:सवै चलचित्रले र्दशकको मन जितेका छन भने फिल्मले कमाई पनि राम्रो गरेका छन । बेला बेलामा कन्ट्रोभर्सीमा परिरहने ओझाद्धारा हाल काठमाडौंमा कान्तिपुर फिल्म एकेडेमी सञ्चालनमा छन भने उनले नेपाली फिल्म हलपनि सञ्चालित छन । फिल्म निर्माणमा तीन दशक बिताइसकेका छविराज ओझालाई फिल्मकर्मीले ‘छवि बा’ भनेर सम्बोधन गर्छन्।

३० वर्षमा २३ वटा निमार्ण गर्दा फिल्मी करिअरमा सफल मानिएका उनी आफनो वैवाहिक जिवनमा भने आफू असफल भएको उनले भन्ने गरेका छन ।