२०८२ असार १६ सोमबार

राशिफल

सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनताका निराशा छायोः भट्टराई

काठमाडौं : राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए ।

‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका काराण जनतामा निराशा र असन्तुष्टी आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ उनले भने ।

धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघियतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘जनताको आक्रोस नबढोस्, चिन्ताको विषय यो हो ।’

सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उनले बताए