२०८२ असार १ आइतबार

राशिफल

नेपाल टी २० लिगको ६ मध्ये चार टिम र मालिक घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ क्यान ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ । सोमबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो ।

जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम रहेको छन् । प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस् रोजेको छ ।

प्रतियोगिताका लागि कान्तिपुर क्पापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो ।

जसअन्तर्गत कान्तिपुर क्यापिटलको मालिक महेश्वर स्वार नेपाल, लुम्बिनीको मालिकमा सञ्जय शर्मा अमेरिका , विराटनगरको बिक्रम यादव भारत र जनकपुरका गौरीशंकर धामनी भारत रहेका छन् ।

क्यानले केही दिनमै सहभागी अन्य दुई फ्रेन्चाइज टोलीको घोषणा गर्ने जनाएको छ । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् रापेख र आईसिसीले मान्यता दिइसकेको छ ।