काठमाडौं : काठमाडौं उपत्यकास्थित विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत परिचालन गरेर हनि ट्रयापमा पार्ने व्यक्तिहरू पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ जनालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
महिला र पुरुषको फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई प्रत्यक्ष भेटघाट गरेर झूटा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दबाबमूलक ढंगले डरधम्की तथा त्रास देखाई मोलमोलाई गरेर ‘ब्ल्याक मेलिङ’ गरी रकम असूल गरेको उजुरीका आधारमा प्रहरीले छानबिन गरिरहेको छ ।
कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले साउन १ गते घटनामा संलग्न कल्पना बस्नेतसहित ३ जनालाई पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
तपाइँको प्रतिक्रीया