२०८२ असार १७ मङ्गलबार

राशिफल

कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं : कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका -२ कटान बस्ने ४६ वर्षीय खड्क थापालाई हिजो बिहान ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले ठक्कर दिंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा ठक्कर दिएपछि गम्भीर घाइते भएका थापाको उपचारका क्रममा आज मंगलबार बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

बस र चालक धनगढी उप-महानगरपालीका १ पुष्पलाल चोक बस्ने ४३ वर्षीय दीप श्रेष्ठलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।