२०८२ जेठ २५ शनिवार

राशिफल

रुपन्देहीमा तिव्र रुपमा कोरोना वढ्दै

काठमाडौं : रुपन्देहीमा शून्य अवस्थामा झरेको कोरोना संक्रमण पछिल्लो समय निरन्तर बढी रहेको छ । असारको तेस्रो साताबाट यहाँ संक्रमण दर निरन्तर बढिरहेको छ ।

जिल्लामा हाल २४ जना सक्रिय संक्रमित छन् । सोमबार भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा कोभिडको लक्षण देखिएपछि गरिएको एन्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा पनि नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

सीमामा देखिएका संक्रमित सबै भारतीय नै हुन् । सक्रिय संक्रमितहरू तिलोत्तमा, सिद्धार्थनगर र बुटवलका रहे पनि सबै होम आइसोलेसनमा छन् ।

शाहका अनुसार रुपन्देहीमा हाल सम्म २ लाख १३ हजार ७ सय ६२ जनामा गरिएको परीक्षणबाट ३८ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये नौ सय ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए ।