२०८२ असार २ सोमबार

राशिफल

श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि मनोनयन दर्ता, को होलान त ?

काठमाडौं : श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो ।

नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।

आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।

नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ ।

राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।