काठमाडौँ : काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा ग्याससहितको लेदो निस्किएको छ ।
मंगलबार बिहान करिव १० बजे बोरिङ खन्ने क्रममा पाइप राख्दा ग्याससहितको लेदो निस्किएको स्थानीयहरुले जनाएका छन् ।
लेदो मिसिएको ग्यास निस्किँदा वरपरका घरका बासिन्दा प्रभावित भएका छन् । जमिनबाट ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका थिए ।
विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो ।
२८५ मिटर खन्नुपर्नेमा ३३० फिट बोरिङ खनेका कारण ग्यास निस्केको अनुमान गरिएको छ ।
तपाइँको प्रतिक्रीया