२०८२ जेठ २४ शुक्रबार

राशिफल

अस्पतालमा अक्सिजेनेटरको अभाव, मुटुको शल्यक्रिया सेवा समेत बन्द

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ ।

अक्सिजेनेटर अभाव भएपछि मुटुका शल्यक्रिया रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।

शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन् ।

‘गंगागाल अस्पतालमा मात्रै मुटुको शल्यक्रिया रोकिएको होइन । नेपालमा अन्य अस्पतालमा पनि रोकिएको छ,’ निर्देशक डा. चन्द्रमणि अधिकारीले भने,नेपाल तथा भारतमा पनि अक्सिजेनेटरको सर्टेज छ ।’

अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ ।