जुम्ला : ०७८ फागुनमा स्वास्थ्य बिमा गरेका जुम्ला हिमाका बासिन्दाले अझै पनि निःशुल्क औषधि पाएका छैनन् । हिमा गाउँपालिका–१ देवारगाउँकी मेनका शाही रक्तस्राव भएपछि उपचारका लागि ३ साउनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइन ।
उनको तीन महिनाको गर्भावस्थामा रक्तस्राव भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएकी थिइन । उनले भनिन् ‘स्वास्थ्य बिमा गरेका छौँ भनेर घरबाट पैसा पनि नलिइ आयौँ । उपचारको क्रममा अस्पतालमा स्वास्थ्य बिमाको कार्ड दिँदा इन्ट्री नभएको र कार्यान्वयनमा नआएको बताए ।’
बिरामी परेको बेला स्वास्थ्य सेवा लिन सहज होला भनेर फागुन ०७८ मा स्वास्थ्य बिमा गरेको उनले बताइन् । उनले भनिन्, ‘स्वास्थ्य बिमा कार्यक्रमका कर्मचारीले जेठ ०७९ देखि कार्यान्वयनमा आउँछ भनेका थिए । तर, साउन महिनामा पनि बिमाको फाइल इन्ट्री नै भएको रहेनछ ।’
स्वास्थ्य बिमा कार्यक्रमका कर्मचारीले समयमा इन्ट्री नगरी कार्यान्वयनमा नल्याएउँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । अब पैसा दिने कोही पनि भएको र साथमा पैसा पनि नभएकाले उपचारै नगराइ फर्कनु पर्ने अवस्था आएको शाहीले बताइन् ।
तपाइँको प्रतिक्रीया