काठमाडौं : ६ साउन २०७९, शुक्रबार । तद्नुसार जुलाई २२ । श्रावणकृष्णपक्ष नवमी, गर करण, भरणी नक्षत्र, शुल योग, चन्द्रमा मेष राशिमा छ । आज बिहान सूर्योदय ०५:२१ मिनेटमा भएको छ भने सूर्यास्त ७:०० बजे हुनेछ । शुक्रबार विदेश यात्रा र नयाँ कामका लागि राम्रो मानिन्छ । आजका देवता नाग र ग्रहदेव वृहस्पति हुन् ।
आज रचनात्मक र कलात्मक कामका लागि शुभ मानिन्छ । साउन महिना भएकाले आजको साँझ शिवालय यात्रा र आरती दर्शन गर्दा मनमा प्रसन्नता छाउने छ । तन्त्र,मन्त्र साधनाका लागि आजको दिन शुभ छ । कुनै देवी मन्दिरमा गएर साधना गर्न सकिन्छ ।
आजको राशिफल
मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)
रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्छ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको दर्शन गर्दा राम्रो हुनेछ । नयाँ काम सुरु गर्दा सफलता प्राप्त हुनेछ । आज शुभ भएकाले नियमित काम र योजनामुताविक काम गर्दा सफलता प्राप्त हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।
वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)
व्यापार व्यवसायमा अर्थलाभ हुनसक्छ । आज व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अध्ययन अध्यापनमा निरन्तर लागिरहनु होला । कसैलाई पनि दूवाच्य नबोल्नु र मौन रहनु वेश हुनेछ ।
मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)
आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा हर्ष छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । आफनो नियमित कामबाहेक अन्य काममा ध्यान नदिनुहोला ।
कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)
आर्थिक र सामाजिक समस्याले मनमा अनेक खालका समस्या आउनसक्छ । आज कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । मनमा अनेक कुरा खेल्नेछन् । सरकारी काममा विध्न बाधा आएको छ भने आजको दिन शुरुवात गर्दा सफल हुनेछ ।
सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । आज बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा सफलता प्राप्त हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)
आफन्तसँग सम्बन्ध विग्रन सक्छ । मित्रमण्डलीले दोष लगाउन सक्नेछन् । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट घरमा कुमारी कन्या र महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।
तुला ( रा।री।रु।रे।रो।ता।ती।तु।ते)
आज सुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लागिरहनु होला । कुनै कामबीचमा छोडनु भएको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ तर काममा निरन्तता दिनुहोला ।
वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । सामाजिक सेवामा मन जानेछ । घर परिवारमा सदस्यबीच सम्बन्ध राम्रो हुनेछ । कसैसँग काम विशेषबाहेक अन्य कुरा गर्दा होस गर्नुहोला ।
धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)
धनु राशि भएका जातकका लागि दिन बलियो छ । आज सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा अर्थ हानी र सोचअनुसार काम नहुँदा निराश हुनुपर्नेछ । योजना मुताविक काम हुँदैन ।
मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)
विगतका कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । साना बालबालिकालाई लेख्ने, पढ्ने सामग्री दिनुहोला ।
कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । घर बाहिरबाट आउँदा परिवारका सदस्यलाई केही खानेकुरा लिएर मात्र घर प्रवेश गर्नुभयो भने तपाईको मनमा उत्साह भरिने छ ।
मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)
आजको दिन मौन बस्नु, यात्रा र अनावश्यक कामबाट हानी हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । एकचित्त भएर आफ्नो नियमित काम मात्र गर्नुहोला । आजको दिन अर्थलाभ हुनेछ । सिर्जनात्मक कामको शुरुवात गर्नुहोला । आफ्नो काममा मात्र ध्यान दिनुहोला ।
तपाइँको प्रतिक्रीया