२०८२ जेठ ३१ शुक्रबार

राशिफल

ग्लोबल आइएमई बैंकले ५ अर्ब भन्दा माथि नाफामा

काठमाडौं : गत आर्थिक वर्ष २०७८/०७९ मा ग्लोबल आइएमई बैंकले पाँच अर्ब भन्दा माथि नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले पाँच अर्थब २० करोड ६५ लाख रुपैयाँ नाफा आजर्न गरेको छ ।

जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २५ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनिसुधार भएको छ । अघिल्लो आबमा १९ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २६ पैसाबाट बढेर १५६ रुपैयाँ ११ पैसा पुगेको छ ।

अघिल्लो आवमा २१ अर्ब ६३ करोड २५ लाख चुक्ता पूँजी रहेको बैंक्ले गत आबमा १० प्रतिशत बोनस सेयर दिएर २३ अर्ब ७९ करोड ५८ लाख रुपैयाँ पूँजी पुर्याउादा पनि बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको छ ।