काठमाडौं : सिक्लेस हाइड्रोपावर लिमिटेडले शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना निमार्ण गरिरहेको प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका वडा नं.१, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
इच्छुक स्थानीय लगानीकर्ताले आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
तपाइँको प्रतिक्रीया