२०८२ असार २ सोमबार

राशिफल

श्रीलंकामा नयाँ प्रधानमन्त्री को भए नियुक्त त ?

काठमाडौं : लामो समयदेखि सत्तामा पकड जमाएका राजपाक्षे परिवार निकटकै दिनेश गुणवर्द्धना श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामापश्चात राजपाक्षे परिवारकै निकट व्यक्तिलाई नै प्रधानमन्त्री नियुक्त गर्न लागिएको भन्दै चर्को आलोचना भइरहेको बेला गुणवर्द्धनालाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले दिनेशलाई प्रधानमन्त्रीलाई नियुक्त गरेका छन् ।

७३ वर्षीय दिनेश गुणवर्द्धना रनिल विक्रमासिंघेका सहपाठी हुन् भने श्रीलंकाका एक प्रतिष्ठित राजनीतिक परिवारका सदस्य पनि हुन् ।

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पछिल्लो केही महिनादेखि सरकारविरोधी प्रदर्शनहरू भइरहेको अवस्था छ भने सोही कारण पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेले राजीनामा समेत दिएका थिए ।