२०८२ जेठ २९ बुधबार

राशिफल

पछिल्लो २४ घण्टामा थप ४५६ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ८३८ को नमुना परीक्षण गरिएकोमध्ये आरटी पिसिआर विधिबाट ३८४ र एन्टीजेन विधिबाट ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।