२०८२ असार ४ बुधबार

राशिफल

मौद्रिक नीति सोचेभन्दा राम्रो छ : कोइराला

काठमाडौं : सेयर बजारका अनुभवी लगानीकर्ता केशव कोइराला ले मौद्रिक नीति सोचेभन्दा राम्रो आएको बताएका छन्।

ब्याजदर बढाउने पोलिसी आउँछ भनेर गभर्नरले पहिले देखि नै भन्दै आएको हुँदा राष्ट्र बैंकले सीआरआर ५५ जति पुर्याउला कि भन्ने थियो तर ४५ मात्रै कायम गर्नु सकारात्मक रहेको, सेयर धितोकर्जामा ४ करोडको सिमा खारेज गरिनु अर्को सकारात्मक पक्ष रहेको र २५ लाखसम्मको सेयर धितोकर्जामा जोखिम भार १००५ मात्रै राखिनु पनि अर्को महत्वपूर्ण कुरा रहेको उनले बताए।

वित्तिय संस्थाहरु मर्जरमा जाँदा कारोबार रोकिने नीतिबाट राष्ट्र बैंक पछि हट्नु पनि सेयर बजारको लागि सकारात्मक कुरा भएको उनको भनाई छ।

बैंकदर चाहिं ८५ मात्रै पुर्याइएको भए हुने तर ८.५५ पुर्याइदा ब्याजदरमा केहि चाप पर्न सक्ने पनि उनले बताए।

सेयर धितो कर्जामा दिईदै आएको ७०५ को मार्जिन सिमालाई घटाइने हो कि भन्ने त्रासले आज शुक्रबार बजार घटेको तर राष्ट्र बैंकले मार्जिन सिमामा कुनै हेरफेर नगरेको हुँदा बजारले यसलाई सकारात्मक रुपमा लिने पनि उनको विश्लेषण रहेको छ।