२०८२ असार ४ बुधबार

राशिफल

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु

अछाम : अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७र०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६र०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख वेरुजु रहेको थियो । अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा वेरुजु घटेको छभने केही स्थानीय तहको वेरुजु बढेको छ ।