ताप्लेजुङ : ताप्लेजुङमा श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन्।
५४ वर्षीया कान्छीमाया लिम्बुलाई कुटपिटबाट गरी हत्या गरेको आरोमामा फुङलिङ नगरपालिका ९ बस्ने ६५ वर्षीय बल बहादुर साँवालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको कारण उनलेले कुटपिट गर्दा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको हो।
कुटपिटपछि हत्या भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट गएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रीया