२०८२ जेठ ३१ शुक्रबार

राशिफल

आज सेयर बजार ६१.०५ अंकले बढ्यो

काठमाडौं : मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

आइतबार नेप्से ६१.०५ अंक ३.०३ प्रतिशत ले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ। नेप्सेसँगै सबै उपसूचककमा हरीयाली हुँदा कारोबार रकम पनि बढेको छ ।

आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक ७.२२ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ५.१० प्रतिशले बढेको छ ।

यस्तै हाइड्रोपावर, लघुवित्त अन्य र व्यापार क्षेत्रका कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा उच्च वृद्धि भएको छ ।