२०८२ असार २ सोमबार

राशिफल

तालिबानले किन गर्‍यो युट्युबरको रामधुलाई ?

काठमाडौं : अफगानिस्तानमा तालिबान शासनले मानवताको खिल्ली उडाइरहेको छ । अजमल हकीकी र उनका तीन सहकर्मीलाई तालिबानले गिरफ्तारपछि क्रुर यातना दिएका छन् ।

अजमललाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तालिबानले रमाइलोका लागि कुटपिट र यातना दिएको भिडियो खिचेर आफूहरूको ह्वाट्सएप ग्रुपमा राखेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

अजमल र उनका सहकर्मीहरूलाई इस निन्दाको आरोपमा पक्राउ गरिएको तालिवानको गुप्तचर महानिर्देशनालयले जनाएको छ ।

एउटा विवादास्पद भिडियोमा अजमलका सहयोगीमध्ये एक जना कुरानको केही वाक्यांश हास्यास्पद तरिकामा पढेका छन् ।

उक्त भिडियो रमाइलाको लागि बनाइएको प्राप्त विवरणमा जनाइएको छ ।

तर, तालिबानले यसलाई अपराध मान्दै अजमलले ‘इस्लामिक पवित्र मूल्यहरूको अपमान’ गरेको आरोप लगाएको छ ।

सोही आरोपमा माफी मागेको भिडियो पोस्ट गरे तापनि चारै जनालाई थुनामा राखिएको छ । एजेन्सी