२०८२ जेठ ३१ शुक्रबार

राशिफल

वाग्मती प्रदेश सभाको बजेट अधिवेशन अन्त्य

काठमाडौं  : वाग्मती प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ ।

वाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव शर्माले हिजो सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले प्रदेश सभाको दसौं अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए ।

वर्षे अधिवशेनले चालु आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । प्रदेश सभाको सोमबार बैठकले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो ।