२०८२ असार ३ मङ्गलबार

राशिफल

यार्सागुम्बाबाट मनाङमा ३६ लाखभन्दा बढी राजस्व संकलन

लमजुङ : मनाङमा यार्सागुम्बा संकलनबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८र७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

उनका अनुसार जिम्बू संकलनबाट ३९ हजार ९८, वन लसुनबाट ३४ हजार ५१२, गुची च्याउबाट १७ हजार दुई सय ३३, निगालोबाट दुई सय २१ र टिम्बुरबाट दुई लाख ९५ हजार चार सय ९९ राजस्व संकलन भएको छ ।

गौतमले भने, आर्थिक वर्ष ०७८र७९ मा यार्सागुम्बा १०७।०५२ किलोग्राम, जिम्बु २३०६।५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० पिस, टिम्बर १८६७।५८ क्युफिट बिक्री भएको छ ।

आर्थिक वर्ष ०७७र७८ मा मनाङमा ४०।५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो ।

मनाङको चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको छ ।

आव ०७७र७८ मा कोभिड १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएकाले राजस्व संकलन कमी भएको प्रमुख गौतमको भनाइ छ ।