२०८२ असार २ सोमबार

राशिफल

गुल्मीमा १२ वर्षीया बालिका बलात्कृत

गुल्मी : गुल्मीको इश्मास्थित १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इश्मा गाउँपालिका वडा नं ४ का भुपाल अधिकारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी माधवराज खरेलका अनुसार आरोपित अधिकारीले मंगलबार घुम्न जाने भन्दै ललाइ फकाइ बालिकामाथि बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अमरपुरबाट फूपुको घरमा गएकी ती बालिकालाई अभियुक्तले मंगलबार बेलुका ७ बजे घुम्न जाउँ भन्दै लगको र पाँच सय रुपैयाँ दिई खरबारीमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ,’ डीएसपी खरेलले भने ।

बलात्कारको सूचना पाएपछि प्रहरीले आरोपित अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरिहेको खरेलले बताए ।