काठमाडौं : काभ्रेमा रोशी खोलाले बगाएर बेपत्ता भएका एक जना मृत भेटिएका छन्।
जिल्लाको रोशी गाउँपालिका १ स्थित खहरे पाँगुमा रोशी खोला तर्ने क्रममा नमोबुद्ध नगरपालिका ९ का ज्ञान बहादुर लामा बेपत्ता भएका थिए। उनको शव मंगलबार भेटिएको हो।
स्थानीय र प्रहरीले खोजी कार्य गर्दा खोला मोडमा लामाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए।
उनको शव रोशी खोलाको बीचमा अड्किएको अवस्थामा भेटिएको उनले बताए। पोष्ट मार्टमपश्चात् आफन्तले दाहसंस्कार गरेका डिएसपी खतिवडाले बताए।
यस्तै सात दिनअघि सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका दुई बालक अझै फेला परेका छैनन्।
जिल्लाको तेमाल गाउँपालिमा ३ मा सुनकोशी नदीले बगाएर दुई बालक बेपत्ता भएका थिए।
तपाइँको प्रतिक्रीया